गम्भीर आरोप लगाउँदै प्रचण्डलाई ओलीको प्रश्न– ज्ञानेन्द्रसँग गरेको ५ बुँदे सहमति के थियो ?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन राजा ज्ञानेन्द्र शाहले प्रत्यक्ष शासन हातमा लिएर 'उपद्रो' मच्चाउनुका पछाडि माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को हात रहेको आरोप लगाएका छन् । पार्टीका मनोनित केन्द्रीय सदस्यको शपथ ग्रहणका लागि च्यासलमा बुधवार आयोजित कार्यक्रममा ओलीले  प्रचण्ड र ज्ञानेन्द्रबीच त्यतिबेलै ५ बुँदे सहमति भएको आरोप समेत लगाएका छन् । अपुष्ट कुरालाई उल्लेख गर्दै ओलीले भने– 'ज्ञानेन्द्रले उधुम मच्चाउँदा…, प्रचण्ड र ज्ञानेन्द्रको बीचमा सहमति भएर नै त्यो उपद्रो भएको ...