महिन्द्राको डिलर र सब–डिलर विस्तार

नेपालका लागि महिन्द्राको आधिकारिक वितरक अग्नि ग्रुपले नयाँ थ्री एस डिलर, टू एस सब–डिलर विस्तार गरेको छ । चितवनको भरतपुरमा डिलर र टाँडीमा सबडिलर विस्तार गरेको हो ।डिलर र सब–डिलरको ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले उद्घाटन गरे । कम्पनीले अन्य स्थानमा पनि डिलर र सबडिलर विस्तार गर्दै लैजाने जनाएको छ ।