बाँके : कोरोना भाइरस संक्रमणका कारण बाँकेका अस्पतालमा थप ११ जनाको मृत्यु भएको छ। नेपालगन्जस्थित भेरी अस्पतालमा ८ जना र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा ३ जना गरि ११ जनाको मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिए। मृत्यु हुनेहरुमा तुलसीपुर उपमहानगरपालिका–१ दाङका ४८ वर्षीया महिला, खजुरा गाउँपालिका–३ बाँकेका ६७ वर्षीया महिला र कैलारी गाउँपालिका–५ कैलालीका ३८ वर्षीय पुरुष छन्। यस्तैगरी, ठाकुरबाबा ९ बर्दियाका २५ व