प्रचण्ड र युरोपेली संघकी राजदूतबीच भेट

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग  नेपालका लागि युरोपेली युनियनका राजदूत नोना डेप्रेजले शिष्टाचार भेटवार्ता गरेका छन्। शुक्रबार अध्यक्ष प्रचण्ड निवास खुमटारमा भएको भेटवार्तामा दुईबीच नेपालको शान्ति प्रक्रिया निष्कर्षमा पुर्‍याउने विषयमा छलफल भएको थियो। भेटमा राजदूत डेप्रेजले शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउन र नेपालको विकास प्रक्रियामा युरोपेली युनियनको साथ रहने प्रतिबद्धता व्यक्त जनाएको अध्यक्ष प्रचण्डको सचिवालयल

सम्बन्धित सामग्री

पर्यटनमन्त्री र फ्रान्सेली राजदूतबीच भेट

१६ माघ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले नेपालको हवाई उड्डयन क्षेत्रलाई युरोपेली युनियन (ईयू) को कालोसूचीबाट हटाउन पहल गरिदिन नेपालका लागि फ्रान्सका राजदूत एचई गिल्ससँग आग्रह गरेका छन् । सोमबार मन्त्रालयमा भएको भेटमा मन्त्री किरातीले यस्तो आग्रह गरेका हुन् । १ माघमा पोखरामा भएको जहाज दुर्घटनापछि कालोसूची अझै लम्बिने संकेत […]

प्रधानसेनापति र युरोपेली संघका राजदूतबीच भेट

काठमाडाैं : नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा र युरोपेली संघ प्रतिनिधिमण्डलका राजदूत नोना डेप्रेजबीच शिष्टाचार भेटवार्ता भएको छ । शर्माको कार्यकक्षमा भएको भेटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।यसप्रकारको भेटवार्ताले आपसी सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन थप सहयोग पुग्ने विश्वास सेनाले लिएको छ ।