छुटाउनै नहुने आजका मुख्य ११ खबर

काठमाडौं।सरकारले संवैधानिक परिषद्का तीन सदस्यले मात्र निर्णय गर्न सक्ने गरी राष्ट्रिय सभामा विधेयक दर्ता गराएको छ। चारदिने भ्रमणका लागि नेपाल आएका चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओले प्रधानमन्त्री र परराष्ट्रमन्त्रीसँग भेटवार्ता गरेका छन्। माओवादी केन्द्रले एमसीसीको १२ बुँदे व्याख्याबारे अमेरिकाको धारणा माग्ने निर्णय गरेको छ। सरकारले शनिबार एकैदिन साढे २५ अर्ब बजेट खर्च गरेको छ।