सिरहामा एक वर्षमा १२ हजार भन्दा धेरैले लिए नेपाली नागरिकता

जनकपुरधाम – सिरहामा गत वर्ष १२ हजार भन्दा बढीले नेपाली नागरिकता लिएका छन्। आर्थिक वर्ष २०७७/७८ को साउन देखि असारसम्ममा १२ हजार १ सय २१ जनाले नेपाली नागरिकता लिएको जिल्ला प्रशासन कार्यालय सिरहाले जनाएको छ। सो अवधिमा ५ हजार ४ सय १८ जनाले नेपाली नागरिकताको प्रतिलिपि लिएको प्रमुख जिल्ला अधिकारी प्रदीप राज कणेँलले जानकारी दिए। […]