मुम्बई । बलिउड अभिनेता अमिताभ बच्चन यतिबेला पत्नीबाहेक बाँकी परिवारका सदस्यसँग अस्पतालमा बसेर उपचार गराइरहेका छन् । एक साताअघि कोरोनाबाट संक्रमित भएका अमिताभ र उनका परिवार अहिले मुम्बईको नानावती अस्पतालमा उपचाररत छन् । अमिताभसँगै अभिषेक बच्चन, ऐश्वर्य राय बच्चन, आराध्य बच्चनलाई कोरोना भएपछि उनीहरू उपचारमा छन् । आफूहरू चाँडै अस्पतालबाट डिस्चार्ज हुने यी अभिनेताको विश्वास …