काठमाण्डाै - संवैधानिक इजलासमा आजदेखि एमिकस क्यूरीको बहस सुरु हुँदैछ ।
प्रतिनिधिसभा विघटनविरुद्ध परेका १३ वटा रिट निवेदनमाथिको जवाफी बहस सकिएसँगै आजदेखि अदालतका सहयोगी अर्थात् एमिकस क्युरीको बहस सुरु हुन लागेको हो ।
एमिकस क्युरीको बहसपछि निर्णय आउने छ । एमिकस क्युरीमा वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, सतिश कृष्ण खरेल, विजयकान्त मैनाली, पूर्णमान शाक्य र गीता पाठक रहनुभएको छ । उहाँहरुले प्रतिनिधिसभा विघटनको विषयमा अदालतलाई न्याय सम्पादनमा सहयोग पुग्ने उद्देश्यकासाथ स्वतन्त्र विचार दिनुहुनेछ ।
हिजो रिट निवेदकबा...