एमाले अछाम अधिवेशन : दिउँसो सवा १२ बजेदेखि मतदान

नेकपा एमाले अछामको आठौँ अधिवेशनमा अझै मतदान भएको छैन । निर्वाचन कार्यतालिकाअनुसार सोमबार बिहान ८ बजे मतदान हुने समय तोकिएको थियो । सोमबार बिहान पुनः अर्को तालिका सार्वजनिक गर्दै दिउँसो सवा १२ बजेबाट मतदान हुने निर्वाचन अधिकृत कृष्णप्रसाद ढुंगानाले जानकारी दिएका छन् ।एमाले अछामको नयाँ नेतृत्वको लागि दुई पक्ष आमनेसामने भएका छन् । सुदूर पश्चिममै विशेष गरी हेरिएको अछामको अधिवेशनमा दुई पक्ष चुनावी मैदानमा होमिएका छन् । सहमतिमै नेतृत्व चयन गर्ने एमालेको केन्द्रीय निर्देशनविपरीत अछाममा निर्वाचन हुने भए