काठमाण्डाै - आउँदो ३० गते हुने पालिका चुनावको लागि उम्मेदवारी दिएकामध्ये चार हजारभन्दा धेरैले फिर्ता लिएका छन् ।
वैशाख ११ र १२ गते मनोनयन दर्ता गरेका उम्मेदवारलाई हिजो बेलुकी ५ बजेसम्म फिर्ता लिन समय दिइएको थियो । तथ्याङ्क सङ्कलनको काम भइरहेकाले फिर्ता लिनेको सङ्ख्या थपघट हुन सक्ने निर्वाचन आयोगले जनाएको छ । आयोगकाअनुसार देशभरबाट एक लाख ५३ हजार २ सय २० जना उम्मेदवार छन्।
चुनावी कार्यतालिकाअनुसार आज उम्मेदवारलाई चुनाव चिह्न दिइनेछ । सत्ता गठबन्धनले स्वतन्त्र उम्मेदवारी दिएकाहरुलाई फिर्ता लिन दबाब दिए पनि भर...