५४ मेगावाटको सुपरदोर्दी जलविद्युत आयोजनाको निर्माण सकियो, १ महीनाभित्र बिजुली उत्पादन

काठमाडौं । ५४ मेगावाट क्षमताको सुपरदोर्दी ‘ख’ जलविद्युत आयोजनाको निर्माण सम्पन्न भएको छ । पिपुल्स हाइड्रोपावर कम्पनीद्वारा दोर्दी गाउँपालिका–६ ढोडेनीमा निर्माण गरिएको आयोजनाको अहिले बाँध र डिसेन्डर परीक्षणको काम भइरहेको छ । आयोजनाको सबै काम केही दिनअघि सम्पन्न गरेर यतिबेला डिसेन्टरमा पानी जम्मा गर्ने कार्य भइरहेको आयोजनाका साइट इन्चार्ज रमेश सिग्देलले बताए । निर्माण सम्पन्नपश्चात् आयोजनाको इन्टेक र डिसेन्डरममा पानी राखेर परीक्षण भइरहेको छ । माघ २८ गतेदेखि आयोजनाको मुख्य सुरुङमा पानी हालेर सुरङ र अन्य संरचनाको परीक्षण गरिनेछ ।  मुख्य सुरुङको २०/२२ दिन परीक्षण गरेपछि बिजुली उत्पादन परीक्षण थालिनेछ । पावर हाउसको मेसिन जडानको काम र केबलिङको काम लगायतको बाँकी काम सम्पन्न गर्दै सम्पूर्ण निर्माण सम्पन्न गरेको यस आयोजनाको पाँच दशमलव एक किलोमिटर मुख्य सुरुङ छ । सबै गरेर १० दशमलव तीन सय ५० किलोमिटर सुरुङ मार्ग निर्माण गरिएको छ ।  आयोजनाका अनुसार भारतले गरेको नाकाबन्दी, दोर्दी खोलामा आएको बाढी पहिरो, कोरोना सङ्क्रमण, लकडाउनलगायत कारणले निर्माण अवधि लम्बिएको थियो । आयोजना कूल ८ अर्ब ८० करोड रुपैयाँ लगानीमा निर्माण कार्य अघि बढे पनि अवधि लम्बिँदा साढे १० अर्ब रुपैयाँ पुगेको छ । आयोजनामा सानिमासहित नौ बैंकले ऋण लगानी गरेका छन् । यस आयोजनामा प्रभावित क्षेत्रका जिल्लावासीको मात्र २७ करोड रुपैयाँ लगानी छ । विसं २०७१ मा विद्युत् खरीद सम्झौता (पीपीए) गरी विसं २०७२ असोजबाट निर्माण थालनी गरेको यस आयोजनाले सम्झौताअनुसार विसं २०७५ मा निर्माण सम्पन्न गरिसक्नुपर्ने थियो । सो निर्धारित समयमा आयोजना सम्पन्न नभएपछि समय थप गर्दै विसं २०७७ असारसम्मको सम्झौता गरिएको थियो । सो अवधिमा समेत निर्माण कार्यमा ढिलाइ भएपछि विसं २०७८ असारसम्म निर्माण सक्ने सम्झौता रहेको थियो । उक्त समय राख्दै पटक पटक म्याद थप्दै गत पुसभित्रै बिजुली उत्पादन गर्ने आयोजनाको लक्ष्य थियो ।  पानीको बहावमा आधारित यो आयोजनाको कूल ग्रस हेड ६४० मिटर रहनेछ भने वार्षिक करीब ३१ करोड ५० लाख युनिट विद्युत् उत्पादन हुने आयोजनाले जनाएको छ । आयोजनाले सुक्खायाममा ८ रुपैयाँ ४० पैसा र बर्खायाममा ४ रुपैयाँ ८० पैसामा विद्युत प्राधिकरणलाई बेच्ने सम्झौता गरिएको छ । रासस

सम्बन्धित सामग्री

२५ वर्षमै निजी क्षेत्रद्वारा २१७५ मेगावाट बिजुली उत्पादन

निजी क्षेत्रले जलविद्युत् उत्पादन थालेको झण्डै तीन दशकको अवधिमा कुल जडित क्षमताको ७६ प्रतिशतभन्दा धेरै हिस्साको बिजुली उत्पादन गर्दै आइरहेका छन्।...

म्याग्दीकाे लभ्लीहिलमा हावाबाट बिजुली उत्पादन

म्याग्दी । म्याग्दीको नयाँ पर्यटकीय स्थल लभ्लीहिलमा स्थानीय प्रविधिको प्रयोग गरी हावाबाट बिजुली उत्पादन गरिएको छ । म्याग्दीको बेनी नगरपालिका-२ खबराको लभ्लीहिल (मायालु डाँडो) मा म्याग्दी उर्जा प्रविधि केन्द्रको आर्थिक तथा प्राविधिक सहयोगमा स्थानीय सीप र प्रविधिको प्रयोग गरी हावाबाट बिजुली निकालिएको हो। काठ, जस्तापाता, पाइप र धागोजस्ता स्थानीय सामग्रीबाट भर्टिकल उइन टर्वाइन गरी ४ […]

लमजुङकाे दोर्दीखोला जलविद्युतबाट बिजुली उत्पादन सुरु

काठमाडाैं । लमजुङमा निर्माण भएको दोर्दीखोला जलविद्युत आयोजनाबाट बिजुली उत्पादन सुरु भएको छ । हिमालयन पावर पार्टनर लिमिटेडले निर्माण गरेको उक्त आयोजनाले आइतबारदेखि परीक्षण उत्पादन थालेको हाे । योसँगै राष्ट्रिय ग्रीडमा २७ मेगावाट बिजुली थपिएको छ । साेही आयोजनाबाट उत्पादित विद्युत २ सय २० केभी मर्स्याङ्दी कोरिडोर मार्फत मध्यमर्स्याङ्दी विद्युतगृहको सिउँडीबारको ग्रीडमा जोडिएको कम्पनीले जनाएको […]

दोर्दी खोलाबाट बिजुली उत्पादन सुरु

काठमाडौँ । हिमालयन पावर पार्टनर लिमिटेड कम्पनीले लमजुङमा निर्माण गरेको दोर्दीखोला जलविद्युत् आयोजनाबाट बिजुली उत्पादन परीक्षण सुरु गरेको छ। दोर्दीखोलामा निर्माण गरिएको २७ मेगावाट क्षमताको यस आयोजनाले सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्दै आइतबारदेखि बिजुली उत्पादन परीक्षण सुरु गरेको आयोजना प्रमुख मुन्ना शाक्यले बताए। त्यहाँ प्राधिकरण अध्ययन टोली गएर जाँच गर्न थालेको र चार–पाँच दिनसम्म परीक्षण […]

दोर्दीखोलाबाट बिजुली उत्पादन सुरु

काठमाडौँ– हिमालयन पावर पार्टनर लिमिटेड कम्पनीले लमजुङमा निर्माण गरेको दोर्दीखोला जलविद्युत् आयोजनाबाट बिजुली उत्पादन परीक्षण सुरु गरेको छ । दोर्दीखोलामा निर्माण गरिएको २७ मेगावाट क्षमताको यस आयोजनाले सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्दै आजदेखि बिजुली उत्पादन परीक्षण सुरु गरेको आयोजना प्रमुख मुन्ना शाक्यले बताए । उनले भने, ‘हामीले केही महिना अघि नै निर्माण कार्य सम्पन्न गरे […]

साउनदेखि माथिल्लो दोर्दी ‘ए’ बाट बिजुली उत्पादन हुने आयोजनाको दावी

लमजुङ : लिवर्टी इनर्जी हाइड्रोपावरद्वारा दोर्दी गाउँपालिका-६ ढोडेनीमा निर्माणाधीन माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनाको बिजुली उत्पादन आगामी साउन महिनादेखि गर्ने लक्ष्य राखेको छ। कूल २५ मेगावाट क्षमताको यस आयोजनाको अधिकांश काम सम्पन्न भइसकेको र अब साउन महिनाभित्रै बिजुली उत्पादन हुने आयोजनाका प्रवर्द्धक राजेन्द्र वस्तीले बताउ। आयोजनाले पटक-पटक म्याद थप गर्दै…

दोर्दीखोला आयोजनाले शनिबारदेखि बिजुली उत्पादन परीक्षण थाल्ने

हिमालयन पावर पार्टनर लिमिटेड कम्पनीले लमजुङमा निर्माण गरेको दोर्दीखोला जलविद्युत् आयोजनाबाट शनिबारदेखि बिजुली उत्पादन परीक्षण थालिने भएको छ । दोर्दीखोलामा निर्माण गरिएको २७ मेगावाट क्षमताको उक्त आयोजनाले हप्ता–दश दिनअघि सम्पूर्ण निर्माण पूरा गर्दै शनिबारदेखि बिजुली उत्पादन परीक्षण थाल्ने भएको हो ।आयोजनाका साइड इन्चार्ज दीपक ज्ञवालीले भने, “हामीले आठ–दश दिनअघि नै आयोजनाको सम्पूर्ण निर्माण सम्पन्न गरेर भोलि शनिबारदेखि पाँच दिन जति बिजुली उत्पादन परीक्षण गर्न लागेका छौँ । पावर हाउ

दोर्दीखोला आयोजनाले शनिबारदेखि बिजुली उत्पादन परीक्षण थाल्ने

लमजुङ । हिमालयन पावर पार्टनर लिमिटेड कम्पनीले लमजुङमा निर्माण गरेको दोर्दीखोला जलविद्युत् आयोजनाबाट शनिबारदेखि बिजुली उत्पादन परीक्षण थालिने भएको छ । दोर्दीखोलामा निर्माण गरिएको २७ मेगावाट क्षमताको उक्त आयोजनाले हप्ता–दश दिनअघि सम्पूर्ण निर्माण पूरा गर्दै शनिबारदेखि बिजुली उत्पादन परीक्षण थाल्ने भएको हो । आयोजनाका साइड इन्चार्ज दीपक ज्ञवालीले भने, ‘हामीले आठ–दश दिनअघि नै आयोजनाको सम्पूर्ण […]

मध्यमर्स्याङ्दी जलविद्युत् आयोजनामा बिजुली उत्पादन वृद्धि

केहीदिन यता बेला–बेलामा वर्षा हुनुका साथै हिउँ पग्लिएर मर्स्याङ्दी नदीमा पानी बढेपछि बिजुली उत्पादन बढ्न थालेको केन्द्रका प्रमुख पवन बस्नेतले जानकारी दिनुभयो ।

माथिल्लो तामाकोशी जलविद्युत आयोजनाबाट सुरुभयो ७६ मेगावाट बिजुली उत्पादन

काठमाडौं, असार २१ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा परिचित माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले आजदेखि बिजुली उत्पादन थालेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार भर्चुअल माध्यमबाट आयोजनाको उद्घाटन गर्नुभएको हो । करिब ३ महिनाको निरन्तर परीक्षणपछि आयोजनाबाट विद्युत् उत्पादन सुरु भएको पहिलो युनिट प्रणालीमा जोडिएको हो । आयोजनामा कुल ६ वटा युनिट छन् । ४ […]