समानुपातिक सांसद्ः एमालेले टुंगो लगायो, कांग्रेस र माओवादी अन्तिम गृहकार्यमा :: Pahilopost.com

काठमाडौँः राष्ट्रिय दलको मान्यताप्राप्त पाँच राजनीतिक दलहरु प्रतिनिधिसभातर्फ समानुपातिक सूचीलाई अन्तिम रुप दिन गृहकार्यमा जुटेका छन्। पाँच दलमध्ये नेकपा एमाले र संघीय समाजवादी फोरम नेपालले समानुपातिक सूचीलाई अन्तिम रुप दिइसकेका छन्। अन्य तीन दल भने आन्तरिक परामर्शमै छन्। निर्वाचन आयोगले प्रतिनिधिसभातर्फ समानुपातिक सदस्यको सूची बुझाउन आज अन्तिम समयसीमा तोकेको