भरतपुर । चितवनको इच्छाकामना गाउँपालिकाले गाई तथा भैँसीका लागि बिमा र पशु सुत्केरी स्याहार भत्ता कार्यक्रम ल्याएको छ । किसानलाई पशुपालन व्यवसायमा आकर्षण गर्न र दूधको उत्पादन बढाउन उक्त कार्यक्रम ल्याइएको हो । आर्थिक वर्ष २०८०/८१ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार आन्तरिक स्रोतमार्फत गाई भैँसीको नश्ल सुधारका लागि पशु सुत्केरी स्याहार भत्ता र ५० प्रतिशत लागत […]