युनिलिभरको कारखानामा विद्युतीय बोयलर

हेटौडामा रहेको युनिलिभरको कारखानाले विद्युतीय बोयलर सञ्चालन गरेको छ। कम्पनीका अनुसार उक्त विद्युतीय बोयलर दक्षिण एसियाकै पहिलो हो।...

सम्बन्धित सामग्री

युनिलिभरको लगानी थपमा सहजीकरण

युनिलिभर नेपाल लिमिटेडले नेपालमा थप लगानी बढाउन प्रतिबद्ध रहेको बताएको छ । सरकारले चालू आर्थिक वर्षमा लिएका नीतिहरूले लगानीमा सहजीकरण गरेको र कम्पनीका उत्पादनहरूको माग पनि बढेकाले थप लगानी गर्न तयार रहेको कम्पनीको भनाइ छ । सरकारले उच्च प्राथमिकता दिँदा पनि विदेशी लगानी नबढिरहेको सन्दर्भमा युनिलिभरको यो भनाइ निकै सकारात्मक छ । वैदेशिक लगानीका अन्य उद्योगले नेपालमा लगानी थप्न खासै चासो नदिइरहेका बेला युनिलिभरले लगानी थपे त्यसले विशेष अर्थ राख्ने र नेपाल विदेशी लगानीका लागि उपयुक्त छ भन्ने सन्देश जाने देखिन्छ ।  युनिलिभर बहुराष्ट्रिय कम्पनी हो । युनिलिभर नेपालको माउ कम्पनीले लगानी थप्नका लागि चासो देखाएको अहिलेदेखि होइन । विगत केही वर्षदेखि लगानी थप्न भने पनि अझै लगानी थपिसकेको छैन । नेपालमा उच्च मुनाफा गर्ने, आयात प्रतिस्थापनमा सहयोग गर्ने र निर्यातमा समेत योगदान दिने युनिलिभरले लगानी थप्नु भनेको यी तीनओटै पक्षमा योगदान बढ्नु हो । त्यसैले उसलाई लगानी थप्न सरकार आफैले प्रोत्साहन गर्नुपर्छ । उसलाई आवश्यक पर्ने कच्चा पदार्थ र सहायक पदार्थहरू नेपालकै बजारबाट लिन प्रोत्साहित गर्ने र त्यसो गर्दा केही छूटसमेत दिने हो भने उसले लगानी पक्कै पनि थप्ने छ । कम्पनीले बताएअनुसार उसले आफ्ना उत्पादनको प्याकेजिङका लागि ७० प्रतिशत नेपाली उत्पादन प्रयोग गर्र्छ । त्यस्तै प्रति १० घरमध्ये ८ घरपरिवारले युनिलिभरका उत्पादन प्रयोग गर्ने बताइन्छ ।  नेपालमा वैदेशिक लगानीका अवरोधहरू निकै छन् । त्यस्तै नेपाली उद्योगीहरू पनि समस्यामा छन् । तैपनि केही नेपाली उद्योगहरूले लगानी थपेर उत्पादन क्षमता विस्तार गरिरहेका छन् । यसले नेपालमा लगानीको वातावरण पूर्णतया नकारात्मक छैन भन्ने सन्देश प्रवाहित गरेको छ । तर, गत आर्थिक वर्षमा वैदेशिक लगानी फिर्ता १७४ प्रतिशतले बढेको तथ्यांक नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको छ । यसको अर्थ नेपालमा विदेशी लगानीकर्ता त्यति उत्साहित छैनन् भन्ने लाग्छ । त्यसैले लगानी फिर्ता किन भइरहेको हो भन्नेमा सरकार गम्भीर हुनुपर्छ । यद्यपि यसरी ठूलो लगानी फिर्ता जानुमा मणिपाल मेडिकल कलेजले आफ्नो लगानी फिर्ता लैजानु हो । उनीहरूबाट नेपालमा लगानीको वातावरणबारे नराम्रो सन्देश जान सक्छ ।  ऐन, कानूनको अस्पष्टता, कर्मचारीतन्त्रका अनेक झन्झट, विदेशी लगानीप्रति जनतामा रहेको नकारात्मक सोच आदिमा परिवर्तन नआउने हो भने विदेशी लगानी बढाउन कठिन हुनेछ ।  युनिलिभरले नेपालको ग्रे मार्केट ठूलो समस्या भएको बताएको छ । भन्सार छली सामान ल्याउने, कमसल सामान ल्याउने आदि कारण बजारमा गुणस्तरीय उत्पादनले समस्या भोग्नु परिरहेको छ । अहिले मोबाइल आयातकर्तादेखि नेपाली जुत्ता कम्पनीसम्मले ग्रे मार्केटका कारण समस्या परेको बताइरहेका छन् । यसलाई सम्बोधन गर्नु आवश्यक छ ।  त्यसो त विदेशी लगानीकर्ताले पेटेन्ट चोरी र ब्रान्डका विषयमा समेत आशंका गरिरहेका छन् । नेपालमा बौद्धिक सम्पत्तिको संरक्षण पर्याप्त नभएको समेत विदेशी लगानीकर्ताले बताइरहेका छन् । भारतमा समेत कर्मचारीतन्त्रले अनेक समस्या दिने गरेकाले युनिलिभरले नेपालमा त्यति असहज अनुभव नगरेको हुन सक्छ । तैपनि उसले लगानी थप्ने भनेर भनेको केही वर्ष बितिसकेको हुँदा केही समस्या छ भने त्यसको समाधान गरिदिनुपर्छ ।  विदेशी लगानी भित्त्याउने कुरा भन्न जति सजिलो छ लगानी आइहाल्न भने त्यति सहज छैन । त्यसैले विदेशी लगानीको प्रतिबद्धता ठूलो अंकमा भए पनि वास्तविक लगानी भने निकै कम छ । त्यो पनि ठूला आयोजना वा उद्योगमा होइन, सानातिना लगानी आइरहेको छ । त्यसकै लागि सरकारले लगानीको न्यूनतम सीमा घटाइदिएको छ ।  नेपालमा लगानी गरेका विदेशी कम्पनीहरूले थप लगानी गर्न किन चासो दिएनन् भन्नेमा सरकारले अध्ययन गरेको छैन । यो पाटो राम्ररी स्पष्ट नभएसम्म विदेशी लगानी कम आउनुको कारण पत्ता लाग्न कठिन हुन्छ । ऐन, कानूनको अस्पष्टता, कर्मचारीतन्त्रका अनेक झन्झट, विदेशी लगानीप्रति जनतामा रहेको नकारात्मक सोच आदिमा परिवर्तन नआउने हो भने विदेशी लगानी बढाउन कठिन हुनेछ । त्यसैले सरकारले यी पक्षमा ध्यान दिनैपर्छ ।

महिला राष्ट्रिय फुटबल टोलीलाई युनिलिभरको प्रायोजन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय फुटबल टोलीलाई प्रायोजन गर्न युनिलिभर नेपाल र अखिल नेपाल फुटबल संघ (एन्फा) बीच प्रायोजन सम्झौता भएको छ । युनिलिभरले एक वर्षका लागि महिला राष्ट्रिय टोलीेलाई प्रायोजन गर्ने भएको हो । युनिलिभरले २५ लाख‌ रुपैयाँ प्रदान गर्ने एन्फाले जनाएको छ । मंगलबार‌ एक कार्यक्रममा एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ […] The post महिला राष्ट्रिय फुटबल टोलीलाई युनिलिभरको प्रायोजन first appeared on Hamro Khelkud.

हिमाल सफाइ अभियानमा नेपाली सेनासँग युनिलिभरको हातेमालो

युनिलिभरले ‘हिमाल सरसफाइ अभियान २०२३’ मा नेपाली सेनासँग हातेमालो गरेको छ । युनिलिभरको ‘विश्वलाई दिगो साझा बासस्थान बनाउने प्रतिबद्धता’को एक अंशका रूपमा युनिलिभरले नेपाली सेनासँग यस पहलमा हातेमालो गरेको हो । युनिलिभरले नेपालका लागि जे राम्रो छ, त्यसको पक्षमा उभिने र विश्वास गर्ने हुनाले हिमालयलाई फोहोरबाट स्वच्छ राख्न राष्ट्रिय सरसफाइ कार्यक्रमसँग युनिलिभरको यो तेस्रो सहकार्य […]

युनिलिभरको नाफा ७४ प्रतिशतले बढ्यो

देशको अर्थतन्त्रमा संकुचन आए पनि गत आर्थिक वर्ष ०७८/७९ मा बहुराष्ट्रिय कम्पनी युनिलिभरको नाफा ७४.१७ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षमा कम्पनीले एक अर्ब ४५ करोड नाफा कमाएको हो । जबकि,...

सेनाको हिमाल सफाइ अभियानमा युनिलिभरको साथ

सेनाको हिमाल सफाइ अभियानमा युनिलिभरको साथ जुटेको छ । हिमालको संरक्षण गर्ने र चुचुरो÷हिमाल हरू सरसफाई गरी जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्ने उद्देश्य रहेकामा युनीलिभरले पनि सेनाको अभियानमा हातेमालो गरेको हो ।नेपाली सेनाको मुख्यालय, जङ्गी अड्डामा आयोजित कार्यक्रममा नेपाली सेनाको  राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशानलयका निर्देशक सहायक रथी हिमांशु खड्काले आफूहरुको अभियानमा साथ दिएकामा युनिलिभर नेपाललाई धन्यवाद दिए ।“हिमाल सफाइ अभियानलाई अभियानको सफलताका लागि विश्व

कञ्चनजंगा हिमाल सफाइमा युनिलिभरको सहयोग

युनिलिभरले प्रदेश १ मा रहेको प्रसिद्ध कञ्चनजंगा हिमाल सफाइमा सहयोग गर्ने भएको छ । नेपाली सेनाको अगुवाइमा सञ्चालन हुने हिमाल सरसफाई अभियान २०२२ मा युनिलिभरले नेपाली सेनासँग हातेमालो गरेको छ ।हिमालयलाई फोहोरबाट स्वच्छ राख्न राष्ट्रिय सरसफाइ कार्यक्रमसँग युनिलिभरको यो दोस्रो सहकार्य हो । हिमालको संरक्षण गर्ने र चुचुरो÷हिमाल सरसफाई गरी जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्ने […]

युनिलिभरको म्याद नाघेको ७३ टन चियापत्ती नष्ट

मकवानपुर – जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौँडा उपमहानगरपालिका–३ स्थित बहुराष्ट्रिय कम्पनी युनिलिभरको म्याद नाघेको साढे ७३ टन चियापत्ती सोमबार नष्ट गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, हेटौँडाले सो म्याद नाघेको चियापत्ती हेटौँडा उपमहानगरपालिका–१० स्थित फोहर विसर्जन गर्ने ठाउँमा पुरेको हो । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटाँैँडाको अगुवाइमा स्थानीइ प्रशासनले गत […]

युनिलिभरको साढे ७३ टन चियापत्ति नष्ट गर्दै प्रशासन

मकवानपुरको स्थानीय प्रशासनले युनिलिभरको म्याद गुज्रिएको साढे ७३ टन चियापत्ति नष्ट गर्दैछ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाले सो म्याद गुज्रिएका चियापत्ति आज सोमबार हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१० स्थित डम्पिङ साइडमा पुर्ने तयारी गरिएको छ ।कार्यालयले उक्त चियापत्ति जिल्ला प्रशासन कार्यालय मकवानपुरको गत मंसिर १२ गतेको फैसला तथा पुस १८ गतेको फैसला कार्यान्वयन गर्ने निर्देशन अनुसार खाद्य नियमावली २०२७ को दफा ९ (क) बमोजिम नष्ट गर्ने तयारी गरेको हो ।खाद्य प्रविधि तथा गुण निय

युनिलिभरको ३२ टन चिया नष्ट गर्ने निर्णय

जिल्ला प्रशासन कार्यालय मकवानपुरले बहुराष्ट्रिय कम्पनी युनिलिभरको ३२ टन चिया नष्ट गर्ने निर्णय गरेको छ । हेटौँडा उपमहानगरपालिका–२ स्थित बसामाडीमा रहेको सो बहुराष्ट्रिय कम्पनीको चिया प्रशोधन केन्द्रबाट प्रशासनले सो म्याद गुज्रिएको चिया बरामद गरेको थियो । प्रशासनले कम्पनीका व्यवस्थापक र एक सप्लायर्सलाई प्रचलित कानून बमोजिम जनही रु १० हजार जरिवाना गराउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिए । कम्पनीले म्याद नाघेको सिटिसी नाम उल्लेख र अन्य नाममा चिया प्रशोधन गरी ‘रेड लेवल व्राण्ड’का रुपमा बजारमा बिक्री गर्ने तयारीको चिया भण्डारण गरेर राखेको थियो । प्रशासनले सो जानकारी प्राप्त गर्ना साथ कम्पनीमा अनुगमन गरी शिलबन्दी गरेको थियो । प्रशासनका अनुसार सन् २०१९ मा उत्पादित चियापत्तिको उपभोग्य अवधि सन् २०२० को जुन महिनासम्म मात्र थियो । गतभदौ १५ गते जिप्रकाको नेतृत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय र प्रहरीसहितको टोलीले सो चियापत्ति नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरेको थियो ।

युनिलिभर ‘रेड लेबल’ चिया प्रकरण : मकवानपुरका प्रजिअले किन लफडा गर्दैछन् ?

मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले म्याद गुज्रिएको युनिलिभरको ‘रेड लेबल’ चिया प्रकरणमा लफडा झिकेका छन् । हेटौँडा उपमहानगरपालिका–३, बसामाडीस्थित युनिलिभरको चिया प्रशोधन केन्द्रमा गत भदौ १५ गते ठूलो परिमाणमा म्याद गुज्रिएको चियापत्ती फेला परेको थियो । युनिलिभरले म्याद गुज्रिएको चियापत्ती प्रशोधन केन्द्रमा थुपारी रेड लेबल ब्राण्डमा बजारमा पठाउने गरेको पत्ता लागेको थियो । सिटिसी नाम उल्लेख भएको ३२ टन म्याद गुज्रिएको चियापति भण्डार गरेर राखेको थियो । अनुसन्ध