काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी विधयेक फिर्ता हुनुपर्ने बताएका छन् । जारी केन्द्रीय समिति बैठकमा मंगलबार नेता पौडेलले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेकोजस्तो गल्ती नगर्न सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरे ।
“राष्ट्रिय समस्या छन्, त्यसलाई समधान गर्न सजग हुनुपर्छ । आर्थिक संकट, मूल्यवृद्धि रोक्नुपर्छ । सोच्नुपर्छ ।...