धनगढी विमानस्थलबाट लागुऔषधसहित एक जना पक्राउ

कैलालीको धनगढी विमानस्थलबाट लागुऔषध चरेस सहित प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा बैतडीको डिलासैनी गाउँपालिका २ का २० बर्षिय सन्तोष बोहरा रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको  छ । बोहरालाई काठमाडौँ जाने क्रममा धनगढी विमानस्थलमा चेकजाँच गर्दा १६ ग्राम चरेस फेला परेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी बेदप्रकाश जोशीले बताए । उनलाई म्याद थप गरी कार्बाही अघि बढाउने तयारी भईरहेको उनले बताए । 

सम्बन्धित सामग्री

नगदसहित एक जना पक्राउ

जनकपुरधाम – धनुषामा ३८ लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन्। नगराइन नगरपालिका– २ बाट स्रोत नखुलेको ३८ लाख ३५ हजार रुपैयाँसहित बिहीबार एक जना पक्राउ परेका हुन्। भारतबाट नेपालतर्फ लुकाई छिपाई ल्याउँदै गर्दा लक्ष्मीनिया गाउँपालिका–१ सिनुरजोडका २३ वर्षीय अमितकुमार यादव पक्राउ परेको सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक नरेन्द्र सेनले बताए।