टीभीएसमा नयाँ वर्ष अफर

काठमाडौं (अस) । जगदम्बा मोटर्सले आउँदो नयाँ वर्षलाई लक्षित गरी ‘आयो पायो, पर्‍यो सोर्‍यो’ अफर सार्वजनिक गरेको छ । योजनाअन्तर्गत किने पनि नकिने पनि टीभीएस नेपालको सोसियल मिडियामा भाग लिएर ग्राहकले हरेक साता ५० हजार रुपैयाँ जित्ने मौका, किन्नुअगाडि कम्पनीको इमेलमा न्यू इअर दर्ता गरेर ५० हजारसम्म नगद जित्न सक्नेछन् । नेपालभरका कुनै पनि बिक्रेताबाट टीभीएस स्कुटर तथा मोटरसाइकल खरिदमा ग्राहकले १ लाखसम्मको छुट पाउनेछन् । बम्परमा किने पनि नकिने पनि टीभीएस नेपालको सोसियल मिडियामा भाग लिएर ३ जना भाग्यशाली विजेताले अपाचे आरआर३१० जित्न सक्ने कम्पनीले बताएको छ । हरेक खरिदमा ग्राहकले शून्य प्रतिशत ब्याज र एक्सचेन्जमा मासिक रकम ५,९९९ तिरेर टीभीएस चढेर जान पाउनेछन् । टीभीएसले नेपाली बजारमा विभिन्न मोडलका स्कुटर तथा मोटरसाइलक बिक्री गर्दै आएको छ । टीभीएसले हरेक मोडलमा ५ वर्षे वारेन्टीका साथै बिक्रीपछि जेन्युइन पार्टस्को सुविधा दिँदै आएको छ । कार्यक्रममा जगदम्बा मोटर्सका सीईओ दीपक अग्रवालले नयाँ वर्ष योजना सार्वजनिक गर्दै यसले ग्राहकलाई लाभ दिने विश्वास व्यक्त गरे । जगदम्बा मोटर्स प्रालि नेपालमा टीभीएस टू ह्वीलर्सका लागि आधिकारिक वितरक हो । कम्पनीका नेपालभर १३२ भन्दा बढी डिलर रहेका छन् ।