प्रधानमन्त्री नियुक्ति गर्दा संविधान 'कोट' नगरिएकोमा देउवाको चासो, शपथ ग्रहणमा ढिलाइ

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई नियुक्त गर्दा संविधान 'कोट' नगरिएकोमा चासो व्यक्त गरेका छन् ।  राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री नियुक्त गर्दा संविधानको धारा 'कोट' नगरेकाले त्यसलाई सच्याउनुपर्ने अडान देउवाको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले प्रधानमन्त्री नियुक्त गर्दा संविधानको धारा कोट गर्नुपर्ने आफूहरूको अडान रहेको बताए । ‘संविधानको धारा कोट गरेर प्रधानमन्त्री नियुक्त गर्नुपर्छ भन्ने हाम्रो अडान छ,’ लेखकले लोकान्तरसँग भने । राष्ट्रपति विद्या भण्...

सम्बन्धित सामग्री

विज्ञ भन्छन्– ‘शपथ नभइ प्रधानमन्त्री बनेर संविधान नकुल्चौँ’

काठमाण्डाै – राजनीतिक दलहरूलाई संसद् भन्दा बाहिरबाट सरकार बनाउने कुचेष्टा नगर्न विज्ञहरूले सुझाव दिएका छन् । संसदीय शासन पद्धतिमा संसद्ले नै सरकार बनाउने भएकाले सरकार जहिल्यै संसद्प्रति उत्तरदायी हुने विज्ञहरूले बताएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले हिजाे आइतवार संविधानको धारा ७६ को उपधारा (२) बमोजिम सात दिनभित्र बहुमतको सरकार गठन गर्न आह्वान गर्नुभएको थियो । त्यसपछि सात दिनभित्रको छोटो समयमा शपथ ग्रहण गरेर प्रधानमन्त्री नियुक्ति हुने सम्भावना छैन । साथै सरकारले संसद् अधिवेशन पनि बोलाएको छैन । शपथ ग्रहण...