एमाले अनुपस्थित भएपछि जीतपुर सिमरा उपमहानगरपालिकाको नगरसभा पनि प्रभावित

बाराको जीतपुर सिमरा उपमहानगरपालिकाको नगरसभा अझै सुरु हुन सकेको छैन । नेकपा एमालेका नगर सभा सदस्यहरु अनुपस्थित भएपछि नगरसभा सुरु हुन नसकेको हो । बिहान ११ बजे सुरु गर्ने भनिएको नगरसभा अझै सुरु हुन नसकेको सभामा सहभागी एक सदस्यले बताए । १२५ जना नगर सभा सदस्यहरुमध्ये एमालेको बहुमत रहेको छ । 

सम्बन्धित सामग्री

बाघको आक्रमणमा परी बारामा एक महिला घाइते

वीरगञ्ज- बाघको आक्रमणमा परी बारा जिल्लामा एक महिला घाइते भएकी छन्। जीतपुर-सिमरा उपमहानगरपालिका- १४ बोरिङ टोल बस्ने ३६ वर्षीया प्रमिला थिङ घाइते भएकी हुन्। सोही टोलस्थित हलखोरिया साझेदारी बनमा दाउरा काटिरहेकी उनीमाथि बाघले आक्रमण गरेको थियो। थिङको गाला र टाउकोमा चोट लागेको बाराका प्रहरी प्रवक्ता डिएसपी पुरुषोतम प्रसाद पाण्डेले जानकारी दिए। घाइते भएकी उनको नेसनल […]

निर्वाचन अधिकृतको कार्यालयमा ताला लगाउने वडाध्यक्ष गुप्ता पक्राउ

२० कात्तिक, वीरगञ्ज । बाराको जीतपुरसिमरा उपहानगरपालिका वडा नं. ७ का वडाध्यक्ष सुनिलकुमार गुप्तालाई प्रहरीले पक्राउ गरेको छ । जीतपुर सिमरा उपमहानगरपालिका कार्यालयमा तालाबन्दी गरेपपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । जीतपुर सिमरा उपमहानगरपालिकाको कार्यालयमा बारा क्षेत्र नं. ४ को निर्वाचन अधिकृतको कार्यालय पनि छ । निर्वाचन नजिकिदै गरेको समयमा निर्वाचन अधिकृतको कार्यालय भएको कार्यालयमा […]

बारा बस दुर्घटना: मृतक १६ मध्ये नौ जनाको सनाखत

बसमा सवार यात्रुको सङ्ख्या एकिन हुन नसके पनि झण्डै ५० जना सवार रहेको प्रहरीले जनाएको छ। नारायणगढबाट वीरगञ्जतर्फ जाँदै गरेको बा ०६–००१०११० नम्बरको बस जीतपुर सिमरा उपमहानगरपालिका–२२ अमलेखगञ्जमा दुर्घटना भएको हो।...

बारा बस दुर्घटना: मृत्यु हुनेको संख्या १६ पुग्यो

नारायणघाटबाट वीरगञ्जतर्फ जाँदै गरेको बा ०६–००१ ख ०११० नम्बरको बस जीतपुर सिमरा उपमहानगरपालिका–२२ अमलेखगञ्जस्थित ३ नम्बर पुलमा दुर्घटना भएको हो।...

बाराको अमलेखगञ्जमा बस दुर्घटना, ८ जनाको मृत्यु

नारायणघाटबाट वीरगञ्जतर्फ जाँदै गरेको बा ०६–००१ ख ०११० नम्बरको बस जीतपुर सिमरा उपमहानगरपालिका–२२ अमलेखगञ्जस्थित ३ नम्बर पुलमा दुर्घटना भएको हो। बस सडकबाट तल खोलामा खसेको हो।...

बाराको टाङ्गीयाबस्तीमा बल्यो बिजुली

जीतपुर- लामो समयदेखि अध्याँरोमा बस्दै आएका बाराको जीतपुर-सिमरा उपमहानगरपालिका- १६ स्थित टाङ्गीयाबस्तीका बासिन्दाले यस पटकको दसैँ भने उज्यालोमा मनाउन पाउने भएका छन्। सो बस्तीमा नेपाल विद्युत् प्राधिकरणले विद्युत् उपलब्ध गराएको छ। प्रस्तावित निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुने भन्दै टाङ्गीयाबस्तीमा वर्षौँदेखि विद्युतीकरण हुन सकेको थिएन। यसले गर्दा टाङ्गीयाबस्तीका नागरिक अध्याँरोमा बस्न बाध्य थिए। प्राधिकरणको करिब […]

बाटो निर्माणको विवादमा कुटिए वडाध्यक्ष

जीतपुर सिमरा उपमहानगरपालिका–२३ बलुवा टोलमा बाटो निर्माण गर्ने क्रममा मंगलबार राती दुई पक्षबीच विवाद हुँदा वडा अध्यक्ष कुटिएका छन्।...

बारामा मोटरसाइकलको ठक्करले बालकको मृत्यु

वीरगञ्ज – बारामा मोटरसाइलको ठक्करबाट एक बालकको ज्यान गएको छ। नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट जीतपुर सिमरा उपमहानगरपालिका-१८ माथिल्लो बडहर्वाका ४ वर्षीय रियान थापा मगरको मृत्यु भएको हो। पिलुवा–कलैया सडकखण्डको मोतीचोक नजिकै बिहीबार बिहान उनलाई मोटरसाइकलले ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाइते बालकलाई उपचारका लागि न्यूरो अस्पताल वीरगञ्ज ल्याइएको थियो। उनको उपचारकै क्रममा उनको मृत्यु भएको […]

बारामा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु

१२ असोज, वीरगञ्ज । बारामा पौडी खेल्ने क्रममा एक जनाको डुबेर मृत्यु भएको छ । बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१ बस्ने ४३ वर्षीय भगवान काजी कार्कीको मृत्यु भएको हो । जीतपुर सिमरा उपमहानगरपालिका– १५ स्थित बेंगे खेला पुल नजिकै सिंचाईका लागि बनाईएको ड्याममा पौडी खेल्ने क्रममा डुबेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी […]

बारामा चट्याङ लागेर एकजनाको मृत्यु, दुइ घाइते

९ असार, वीरगञ्ज । बारामा चट्याङ् लागेर एकजनाको मृत्यु भएको छ भने अन्य दुईजना घाइते छन् । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर छ । मृत्यु हुनेमा बाराको जीतपुर सिमरा उपमहानगरपालिका–२० बस्ने २८ वर्षीय विजय प्रसाद यादव रहेका छन् । चट्याङ लागेर गम्भिर घाईते भएका यादवलाई उपचारका लागि जिल्ला अस्पताल कलैयातर्फ ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला […]