जनता समाजवादी पार्टी नेपाल उपेन्द्र यादव पक्ष काँग्रेस नेतृत्वका सरकारमा तत्काल सहभागी नहुने निर्णय गरेको छ । पार्टी कार्यालय बालकुमारीमा आज बसेको कार्यकारिणी समितिको बैठकले सो निर्णय गरेको हो । कार्यकारिणी समितिका सदस्य रामसहाय यादवले जसपा सरकारमा जान्छ तर तत्कालै जाँदैन, निर्वाचन आयोगमा पार्टीको मुद्दा विचाराधीन रहेको अवस्थाका कारण तत्कालै सरकारमा नजाने बताए ।'काँग्रेसका सभापति शेरबहादुर देउवा सरकारले कस्तो कार्यक्रमहरू तय गर्छ, त्यसलाई पनि जसपाले हेर्छ । आफूहरूका मुद्दालाई सरका