म्याग्दी : रघुगङ्गा गाउँपालिका–२ को भगवती कोत मन्दिरमा आज नवमीका दिन बलि चढाइने सरकारी राँगोको मार हान्न (काट्न) तीन लाखको बोलकबोल भएको छ। सोमबार भएको कालरात्रिमा खुला बडीबढाऊमार्फत सरकारी राँगोको मार हान्ने छिनोफानो गरिएको हो। बडीबढाऊमा सहभागी सचिन केसीले सबैले भन्दा धेरै तीन लाख १५ हजार रकम तिर्ने कबोल गरेर सरकारी बलिको मार हान्ने भएका हुन्।उनले सोमबार नै कबोल रकम पूजा व्यवस्थापन समितिलाई उपलब्ध गराइसकेका छन्।यसअघि २०७८ सालको दशैँको नवमीमा भगवतीमा तीन लाखमा सरकारी मारको बढीबढा