ओलम्पिया वर्ल्ड स्कुलका सञ्चालकको अनुसन्धान प्रतिवेदन सरकारी वकिलमा

काठमाडौं । ठगी आरोपमा पक्राउ गरिएका ओलम्पिया वर्ल्ड स्कुलका दुईजना सञ्चालकको अनुसन्धान प्रतिवेदन प्रहरीले सरकारी वकिल कार्यालयमा पेश गरेको छ ।  पौने तीन करोड ठगी आरोपमा शनिवार स्कुलका सञ्चालक शिरिष खड्का र सुरेन्द्र महर्जनलाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको थियो । शनिवार राती नै प्रहरीले उनीहरुलाई सुटुक्क रिहा गरेको छ । रिहापछि काठमाडौं प्रहरीले आईतबार नै अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा पेस गरेको छ ।  ठगी मुद्दामा पक्राउ परेका खड्का र