ओलीको रोजाइकी विद्या र एमालेमा अवसर नपाएका श्रीनाथको प्रतिस्पर्धा

एमालेबाट जित निकाल्न सक्ने क्षेत्र मानिएकोले विद्यालाई पनि ठूलो दबाव छ भने गठबन्धनको साथ र लामो समय एमालेमा गुजारेर पनि अवसर नपाएको नेताको सान्त्वना बटुल्दै एमालेकै मतसमेत काटेर चुनाव जित्ने होडमा श्रीनाथ छन् ।