ठूला साइनबोर्ड हटाएपछि सवारीका आधिकारिक डिलरसिप खोसिने चिन्ता

१२ माघ,  काठमाडौं । काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको परिचयपाटी (साइनबोर्ड) राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुम (सवारी प्रदर्शनी कक्ष)हरु समस्यामा परेका छन् । अन्तर्राष्ट्रिय ब्रान्डका गाडी बिक्री गर्ने डिलरहरुले सम्बन्धित कम्पनीकै मापदण्डअनुसारका बोर्डहरु राख्नुपर्छ । तर, महानगरपालिकाले ३० वर्गफिटभन्दा ठूलो बोर्डलाई राख्नै नदिने नियम लागु गरेपछि आधिकारिक विक्रेताहरु आफ्नो ‘अथोराइज्ड डिलरसिप’ खोसिने त्रासमा छन् । […]