जसपालाई फुटबाट जोगाउन प्रयास गर्दैछौंः डा.सुरेन्द्र झा

काठमाडौं। जनता समाजवादी पार्टीका नेता डा.सुरेन्द्र झाले दोस्रो तहका नेताहरूले पार्टीलाई फुटबाट बचाउन प्रयास गरिरहेको बताएका छन्। आज देखापढीसँग भने,“पूर्वप्रधानमन्त्री जस्तो नेताले कीर्ते हस्ताक्षर गरेर पार्टीभित्र समस्या आयो, दुवै पक्षको बैठक बसेर छलफल गर्न जरुरी छ।” तर, शीर्ष तहमा संवाद भने हुन नसकेको उनले बताए। पार्टी विभाजनबारे पनि कुनै यकिन भइनसकेको उनले प्रष्ट पारे।