शताब्दियौंदेखि मानिसहरू पीपलको रुखको पूजा गरिरहेका छन् । धर्तीमा भएका रुखमध्ये यसैले सबभन्दा बढी अक्सिजन फाल्छ । यसले चौबीसै घन्टा अक्सिजन दिन्छ ।
पीपलले हामीलाई अनेकथरी रोगबाट बचाउँछ । यसका सुकेका पात, सुकेका फल, जरा र बीजले समेत शरीरलाई फाइदै फाइदा गराउँछ । आउनुस्, यसका फाइदाका बारेमा जानिराखौं ।
चाउरी
पीपलको जरालाई पानीमा भिजाएर पिँध्नुस् र यसको पेस्टलाई अनुहारमा दल्नुस् । पेस्ट सुकेपछि अनुहार धुनुस् । यसलाई नियमित लगाउँदा चाउरी हट्छ ।
दाद र चिलाउने
दाद र छाला चिलाउने समस्या छ भने पीपलका च...