हेटौंडा : बागमती प्रदेशसभा अन्तर्गत रहेको २ वटा समितिको सभापतिमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले विजयी भएको छ।सोमबार भएको निर्वाचनमा सत्तारूढ गठबन्धन सहभागी नभएपछि दुवै समितिको सभापतिमा एमालेको उम्मेदवार बिजयी भएका हुन्। प्रदेशसभा अन्तर्गत रहेका अर्थ तथा विकास समिति र शिक्षा, स्वास्थ्य तथा कृषि समिति सभापति छनोट गर्न निर्वाचन भएको थियो।सो निर्वाचन प्रक्रियामा सत्तारूढ गठबन्धन सहभागी नै नभएपछि एमालेले दुवै समितिको सभापति पाएको छ। एमालेले अर्थ समिति सभापतिमा काठमाडौंका नारायणबहादुर सिलवाल र शिक्ष