भोजपुरमा सडक निर्माण अलपत्र छाडेपछि ठेकेदारविरूद्ध अख्तियारमा उजुरी

२ माघ, भोजपुर । भोजपुर सदरमुकामबाट टेम्केमैयुङ गाउँपालिका जोड्ने सडक निर्माण अलपत्र छाडेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । भोजपुर नगरपालिकाको टक्सार हुँदै टेम्केमैयुङ, रामप्रसादराई गाउँपालिका जोड्ने सडक निर्माणको जिम्मा लिएको निर्माण कम्पनी एमकेवाइपी ज्वाइन्ट भेन्चरले काम छाडेर सम्पर्कविहीन भएपछि उजुरी परेको हो । नेपाली कांग्रेसका जिल्ला सभापति नन्दमणि …