महेन्द्रनगर, १३ वैशाख । सुदूरपश्चिम प्रदेशको पश्चिमी नाका गड्डाचौकीबाट ठूला सवारी साधनलाई निर्वाध सञ्चालनमा असहज हुँदा यहाँको भन्सार कार्यालयबाट राजस्व सङ्कलनमा असर पर्दै आएको छ । महाकाली नदीमा अवस्थित बनबासा पुल (शारदा ब्यारेज)बाट दैनिक सात घण्टामात्र भारतीय पक्षले सवारीसाधन सञ्चालन अनुमति दिने गरेको छ तर पुलको क्षमताको कारण देखाउँदै ठूला सवारीसाधनलाई सहज रुपमा आवत–जावत गर्न […]