चीनको एक सरकारी निकायले एउटा वित्तीय काण्डको शिकार भएका उपभोक्ताको रकम तिरिदिने बाचा गरेको छ । खराब ऋणका कारण बैंक नै टाट पल्टिएपछि हेनान र अन्हुई प्रान्तका पाँच ग्रामिण बैंकका उपभोक्ताले आफूले जम्मा गरेको रकम अप्रिलदेखि झिक्न पाएका छैनन् । सोमबार राष्ट्रिय बैकिङ नियामक संस्थाले एक वक्तव्य जारी गर्दै सबै उपभोक्ताले बैंकमा जम्मा गरेको रकम पाउने बताएको छ । ५० हजार युयानसम्म रकम जम्मा गरेका उपभोक्ताको रकम शुक्रबारदेखि दिइन सुरु गर्ने चाइना बैकिङ नियामक आयोगले बताएको छ । अन्य उपभोक्त