नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान र मुलुक बचाएर समृद्ध नेपाल बनाउनका लागि अहिलेको गठबन्धन प्रदेश र संघको चुनावसम्म जाने बताएका छन् । तनहुँको व्यास नगरपालिकाको विजय र्यालीपछि सभालाई सम्बोधन गर्दै पौडेलले राजनीति र अहिलेको व्यवस्थालाई स्थायित्व दिएर मुलुकलाई विकास र समृद्धिको बाटोमा अगाडि बढाउन परिवर्तनका पक्षधर पाँच दलबीच गठबन्धन भएको दोहोर्याए ।तनहुँबासीलाई मुलुक र संविधान बचाउने अभियानमा काँग्रेसलाई जिताएर सहयोग गरेको उनको भनाइ थियो । नेपाललाई विकास र समृद्धिको