विदेशस्थित नेपाली राजदूतावासबाट पहिलो पटक विद्युतीय राहदानी (पासपोर्ट) जारी भएको छ । सोमबार कतारको दोहास्थित नेपाली राजदूतावासबाट पहिलो पटक लाइभ इनरोलमेन्ट गरी राहदानी विभागबाट विद्युतीय राहदानी जारी गरिएको हो । यो नै विदेशस्थित राजदूतावासबाट गरिएको पहिलो सफल परीक्षण हो ।योसँगै आजबाट विद्युतीय राहदानीको लागि नेपाली राजदूतावास, कतारले बुकिङ समेत खुला गरेको छ । यद्यपि, सुरुको एक हप्ताका लागि सीमित मात्रामा बुकिङ खुल्ला गरिएको राजदूतावासले जानकारी दिएको छ । यस्तै, अन्य खाडी मुलुकहरु र मलेशियाम