विश्वकप फुटबल : नकआउट चरणमा कसले कोसँग खेल्ने ?

विश्वकप फुटबलको समूह चरणका खेल सकिएका छन् । यससँगै १६ टिम नकआउट चरणमा पुगेका छन् भने १६ टिम घर फर्किएका छन् । नकआउट चरणका खेल शनिबारदेखि सुरु हुँदैछन् । नकआउट चरणको पहिलो खेलमा शनिबार फ्रान्स र अर्जेन्टिना खेल्नेछन् । समूह सीको विजेता फ्रान्सले समूह डीको उपविजेता अर्जेन्टिनासँग खेल्ने भएको हो । फ्रान्स समूूह चरणमा सहज जित...

सम्बन्धित सामग्री

नकआउट चरणमा युरोपियन राष्ट्र नै बलिया

२२औँ संस्करणको विश्वकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनल खेलहरू शुक्रबारदेखि सुरु हुँदै छन् । विश्वकपको नकआउट चरण इतिहास केलाउँदा युरोपियन राष्ट्र नै हावी देखिन्छन् । विश्वकपमा सबै महादेशका राष्ट्रले सहभागिता जनाउँछन् । विश्वकप ट्रफी केवल...

विश्वकप फुटबल : आजदेखि अन्तिम १६ का खेल

कतारमा जारी विश्वकप फुटबलमा अन्तिम १६ (नकआउट चरण) का खेल सुरु हुँदैछ। शनिबार दुई खेल हुनेछन्।अन्तिम १६ को पहिलो खेलमा नेदरल्याण्ड्स र अमेरिकाबीच  प्रतिस्पर्धा हुनेछ। यी दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति पौने ९ बजे सुरु हुनेछ।नेदरल्याण्ड्स समूह ‘ए’ को विजेता बन्दै नकआउट चरणमा पुगेको हो। अमेरिका समूह ‘बी’ को उपविजेताका रूपमा अन्तिम १६ मा प्रवेश गरेको हो।यस्तै राति पौने १ मा हुने दोस्रो खेलमा अर्जेन्टिना र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुनेछ। अर्जेन्टिना समूह

कतार विश्वकप: समुह ए र बि बाट नकआउट चरण पुग्ने ४ टोलीको टुंगो लाग्यो

कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत समूह ‘ए’ बाट नेदरल्यान्ड्स र सेनेगल अन्तिम १६ मा प्रवेश गरेका छन् । गए राति भएको समूहको तेस्रो तथा अन्तिम निर्णायक खेलमा नेदरल्यान्ड्सले आयोजक कतार तथा सेनेगलले इक्वेइडरलाई पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएका हुन् । नेदरल्यान्डस समूह ‘ए’ को विजेता र सेनेगल उपविजेताका रूपमा अन्तिम १६ मा प्रवेश गरे । आयोजक कतार र इक्वेडर प्रतियोगिताबाट बाहिरिएका छन् । कतारको अलबायत रङ्गशालामा घरेलु टोली कतारलाई २–० गोलअन्तरले पराजित गर्दै नेदरल्यान्ड्स विजयी बन्यो । खेलको २६औँ मिनेटमा नेदरल्यान्ड्सका कोडी गाप्कोले गोल गर्दै सुरुआती अग्रता लिए । खेलको पहिलो हाफसम्म एक शून्य गोलले अग्रता लिएको नेदरल्यान्ड्सले दोस्रो हाफमा थप एक गोल ग¥यो । खेलको ४८औँ मिनेटमा नेदरल्यान्ड्सका फ्रेन्की डे जोङले गोल गर्दै आफ्नो टोलीको जित सुनिश्चित दिलाए । यससँगै नेदरल्यान्ड्सले तीन खेलमा सात अङ्क जोड्यो । यसैगरी कतारको खलिफा रङ्शालामा गए राति नै भएको अर्को खेलमा सेनेगलले इक्वेडरलाई २–१ गोलअन्तरले पराजित ग¥यो । सेनेगल जारी विश्वकपमा नकआउट चरण पुग्ने पहिलो अफ्रिकी टोली बनेको छ ।  खेलको पहिलो हाफको अन्त्यतिर सेनेगलले पेनाल्टीमार्फत अग्रता लियो ।  इस्माएला सारले खेलको ४४औँ मिनेटमा पेनाल्टीमा गोल गर्दै सेनेगललाई १–० को अवस्थामा पु¥याए । पिएरो हिन्कापीले पेनाल्टी क्षेत्रभित्र फल गरेपछि रेफ्रीले सेनेगललाई पेनाल्टी दिएको थियो । त्यस्तै खेलको दोस्रो हाफको ६८औँ मिनेटमा इक्वेडरका मोइसेस काइसेडोले गोल फर्काउँदै खेललाई एक–एक गोलको बराबरीमा पु¥याए ।  तर खेलको ७०औँ मिनेटमा सेनेगलका कालिडु कौलीबालीले गोल थप्दै आफ्नो टोलीको जित सुनिश्चित गरे । सेनेगलले तीन खेलमा दुई जितसहित छ अङ्क जोड्यो । यता इक्वेडर चार अङ्कसहित तेस्रो तथा कतार अङ्कबिहिन बन्दै चौथो स्थानमा रह्यो ।त्यस्तै समूह ‘बी’ बाट इङ्ग्ल्याण्ड र अमेरिका नकआउट चरणमा प्रवेश गरेका छन् । समूह ‘बी’ को तेस्रो तथा अन्तिम निर्णायक खेलमा गए राति इङ्ग्ल्याण्डले वेल्सलाई र अमेरिकाकाले इरानलाई पराजित गर्दै नकआउट चरणमा प्रवेश गरेका हुन् । इङ्ग्ल्यान्डले वेल्सलाई ३–० गोलअन्तरले हरायो । इङ्ग्ल्यान्डका लागि मार्कुस राषफोर्डले दुई गोल गरे भने फिल फोडेनले एक गोल गरे । खेलको ५०औँ मिनेटमा राषफोर्डले गोल गर्दै इङ्ग्ल्याण्डलाई सुरुआती अग्रता दिलाएका थिए ।त्यसपछि खेलको ५२औँ मिनेटमा फोडेनले गोल गर्दै इङ्ग्ल्याण्डलाई २–० को अवस्थामा पु¥याए । खेलको ६८औँ मिनेटमा राषफोर्डले व्यक्तिगत दोस्रो गोल गर्दै इङ्ग्ल्याण्डलाई ३–० को सहज जित दिलाए । जितसँगै इङ्ग्ल्यान्ड समूह ‘बी’ को विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको हो । इङ्ग्ल्याण्ड तीन खेलमा सात अङ्क जोड्दै शीर्षस्थानमा छ । वेल्स भने एक अङ्क जोडेर पुछारमा रहँदै प्रतियोगिताबाट बाहिरिएको छ ।त्यसैगरी कतारको अलथुमामा रङ्गशालामा सम्पन्न अर्को खेलमा इरानलाई १–० गोलअन्तरले हराउँदै अमेरिका अन्तिम १६ मा प्रवेश गरेको छ । अमेरिकाको जितमा क्रिस्टियन पुलिसिचले निर्णायक गोल गरे । उनले खेलको ३८औँ मिनेटमा गोल गरेका थिए । जितसँगै अमेरिका समूह ‘बी’ को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो । अमेरिकाले तीन खेलबाट पाँच अङ्क जोडेको छ । इरान तीन अङ्क जोडेर तेस्रो स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरिएको छ ।

एम्बाप्पेको दुई गोलमा फ्रान्स नकआउट चरणमा

विश्वकप फुटबल अन्तर्गत समूह ‘डी’ को दोस्रो खेलमा साविक च्याम्पियन फ्रान्सले लगातार दोस्रो जित निकाल्दै नकआउट चरण प्रवेश गरेको छ। जारी प्रतियोगितामा अन्तिम खेल अगावै फ्रान्सले अन्तिम १६ मा स्थान बनाउन सफल रह्यो।  फ्रान्स  जारी संस्करणमा दोस्रो चरण प्रवेश गर्ने पहिलो टिम समेत बनेको छ। फ्रान्स २००६ पछि विश्वकपमा दोस्रो चरणपार गर्ने पहिलो साविक च्याम्पियन […]