निर्वाचन आयोगले रिक्त रहेका प्रतिनिधि सभाका ४ र प्रदेश सभाका १८ सिटमा उपनिर्वाचनको मिति तोक्न सरकारलाई भनेको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँग यसैसाता बालुवाटार पुगेर भेट गरेका आयोगका पदाधिकारीले प्रदेश सभामा १८ सिटमा उपचुनावको मिति तोक्न सरकारलाई आग्रह गरेका हुन् । २०७४ सालमा एकैपटक भएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन अन्र्तगत यतिबेला प्रतिनिधि सभामा ४ सिट खाली छन् भने प्रदेशसभामा १८ सिट खाली छन् ।निर्वाचन आयोगले यही माघमा राष्ट्रियसभाको चुनाव सकिएलगत्तै स्थानीय तहको निर्वाचनअघि