डिस मिडिया नेटवर्क लिमिटेड (डिसहोम)ले सिम टिभी खरिद गरेको छ । डिसहोम र सिम्पल मिडिया नेटवर्क प्रालि (सिम टिभी)को संचालक समितिको संयुक्त बैठकले खरिद सम्झौता सम्पन्न गरेको हो । यस खरिद सम्झौताअन्तर्गतको सेयर खरिद निकट भविष्यमै सम्पन्न हुनेछ । यसका साथै सिम टिभीको व्यवस्थापनको सम्पूर्ण जिम्मा डिस मिडिया नेटवर्क लिमिटेडले तत्कालै लिने भएको छ ।