काठमाडौं : काठमाडौं उपत्यकामा यो वर्षकै धेरै पानी परेको छ। गएराति २ बजेदेखि निरन्तर भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार ६ घण्टामा १ सय ५ मिलिमिटर वर्षा मापन भएको छ। भारी वर्षापछि उपत्यका जलमग्न भएको छ। बागमती, धोबी खोला, मनोहरालगायत उपत्यकाका साना ठूला नदी खोलामा बाढी आएको छ। खोलाको तटीय क्षेत्रका बस्तीमा बाढी पसेपछि मानिसहरुको बिचल्ली भएको छ । प्रहरीका अनुसार बल्खु, कालीमाटी, कुलेश्वर, कोटेश्वर, शंखमुल, कपन, बालाज