काठमाडौं : सरकारले कक्षा १ मा निजी र सामुदायिक स्कुलले प्रवेश परीक्षा (इन्ट्रान्स) लिन नपाउने बताएको छ।तर, काठमाडौं उपत्यकाभित्रका अधिकांश निजी स्कुलले स्थानीय तहकै संरक्षणमा परीक्षा लिने गरेको पाइएको छ।ललितपुरको जावलाखेलस्थित सेन्ट जेभियर्स स्कुलले आगामी चैतबाट नयाँ भर्ना सुरु गर्दै छ।स्कुलका अनुसार कक्षा-१ मा भर्ना हुन प्रवेश परीक्षा दिएर पास गरेपछि मात्र त्यहाँ विद्यार्थी पढ्न पाउँछन्।यसैगरी ललितपुरकै रातो बंगला स्कुलले पनि प्रवेश परीक्षा लिन्छ।रातो बंगलाका कर्मचारीका अनुसार कोभिडको बेला