सन् २०१८ मा कोरियन भाषा (इपीएस) परीक्षा पास गरेकाहरू दक्षिण कोरिया जान पाउने सम्भावना निकै कम देखिएको छ । रोष्टर अवधि सकिएका उनीहरूलाई कोरियाले लैजाने सम्भावना निकै कम देखिएको हो । कोरोना महामारीका कारण २०१८ मा भाषा परीक्षा पास गरेका करिब एक हजार ४०० जना नेपाली कोरिया जान पाएका छैनन् । उनीहरूलाई कोरिया पठाउन सरकारले पहल गरिरहे पनि त्यसका लागि कोरिया सरकारले आफ्नो पोलिसी नै परिवर्तन गर्नुपर्ने हुन्छ ।झापाको दमकका घनश्याम श्रेष्ठले इपीएस भाषा पास गरे पनि अहिलेसम्म जान नपाएको गुनासो गरे । अहि