तलतिर हरिचौर बजार र दरमखोला । माथितिर घुम्टे पहाड र टेउवा । बीचमा छ गलकोट दरबार । यही दरबार परिसरमा दैनिक आगन्तुकको भीड लाग्ने गरेको छ । कुनै बेला राजाले राज गरेको यो ठाउँ अहिले पर्यटक आकर्षणको केन्द्र बनेको छ । विसं १९७९ मा ढुङ्गा, माटो, इँटा र काठ प्रयोग गरेर कलात्मकशैलीमा बनेको यो दरबार भने जीर्ण बन्दै गएको छ ।पछिल्लो समय दरबारको वरपर तस्बीर खिच्ने, भिडियो बनाउने र रमाउनेको सङ्ख्या बढ्दै गएको छ । सडकको सहज पहुँचले गर्दा हरिचौरमा रहेको दरबारमा देशभरबाट पर्यटक घुम्न आउन थालेका छन् । दरबार