महिला फुटबल टोली सम्मानित

वाफ च्याम्पियनसिप उपविजेता नेपाली महिला फुटबल टोलीलाई एनआईसी एसिया बैंकले सम्मान गरेको छ । फागुनमा साउदी अरेबियामा सम्पन्न प्रतियोगितामा नेपाल फाइनलमा जोर्डनसँग पेनाल्टी शुटआउटमा पराजित भएको थियो । पहिलो पटक यो प्रतियोगिता खेल्नेक्रममा फाइनलसम्म पुग्नुलाई नेपाली महिला फुटबलको ठूलो सफलताको रूपमा हेरिएको छ ।