बझाङ घटना : आत्महत्या दुरुत्साहनको आरोपमा श्रीमान् पक्राउ, सीआईबी घटनास्थलमा

धनगढी :  बझाङको बुंगल नगरपालिका–९ रारुमा एकै परिवारका तीन जना मृत भेटिएको घटना अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) पनि परिचालन भएको छ। प्रहरी निरीक्षक नेतृत्वको सीआईबीको टोली घटना अनुसन्धानका लागि खटिएको हो। सीआईबी टोली बिहीबार बेलुका बझाङ पुगेको बताइएको छ।बझाङ पुगेर सीआईबीको टोलीले घटनास्थल अवलोकन, स्थानीय, पीडित, माइती पक्ष, आरोपितको पृष्ठभूमिलगायत बारे सोधखोज गरेर जिल्लाको अनुसन्धान टोलीलाई सघाउने जनाएको छ।बुंगल नगरपालिका–९ रारुकी २२ वर्षीया गीता पार्की