भ्रष्टाचार नियन्त्रण नगर्ने हाे भने देश सिध्याइदिन्छ : सभामुख

काठमाण्डाै – प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले भ्रष्टाचार तत्काल नियन्त्रण नगर्ने हो भने यसले देशलाई नै सिध्याइदिने चेतावनी दिनुभएको छ । भ्रष्टाचार देशकाे सबैभन्दा गम्भीर समस्या भएको उल्लेख गर्दै उहाँले त्यसको विरुद्ध निसाना नसोझ्याउने हो भने देशलाई नै सिध्याइदिने बताउनुभएको हो ।   आज आइतवारदेखि काठमाण्डाैमा सुरु भएको ‘भ्रष्टाचारविरुद्ध कार्टुन प्रर्दशनी’ को उद्घाटन गर्दै सभामुख सापकाेटाले भ्रष्टाचार बढ्दै गएकोतर्फ सचेत गराउँदै त्यसलाई खबरदारी गर्न ढिलाइ गर्न नहुने स्पष्ट पार्नुभयो । उहाँले भन्...