प्रचारप्रसार नहुँदा ओझेलमा परेका दिदीबहिनी झरना

बागलुङ : बागलुङको निसीखोलामा धेरै धार्मिक तथा पर्यटकीय क्षेत्र छन्। कतिपय पर्यटकीय क्षेत्र आकर्षण केन्द्र बनेका छन् भने कतिपय निकै मनमोहक हुँदाहुँदै पनि प्रचारप्रसारको अभावमा ओझेलमा छन्।तीमध्ये निसीखोला-६ मा पर्ने दिदीबहिनी झरना पनि ओझेलमै छन्। उच्च पहाडको चुचुरोको फेदमा रहेका यी झरना निकै मनमोहक छन्।मोराखोलाको शिरमा रहेको यो झरनामा अहिलेसम्म पर्यटक पुगेका छैनन्। एउटै खोलामा बगेको पानीमा चारवटा झरना बनेका छन्। एकै ठाउँमा एउटै खोलामा रहेको हुँदा स्थानीयले दिदीबहिनी झरना न