नेपाल सुपर लिगः उद्घाटन खेलमा आज काठमाडौं र ललितपुर भिड्दै

काठमाडौं । नेपाली फुटबलमा पहिलोपटक आयोजना हुन लागेको फ्रेन्चाइज प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) आजबाट सुरु हुँदैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आजको उद्घाटन खेलमा काठमाडौं रेजर्स र ललितपुर सिटी एफसी भिड्दैछन्। काठमाडौं र ललितपुरबीचको उद्घाटन खेल साँझ ५ः३० बजे सुरु हुनेछ। जेठ १ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ३५ लाख र उपविजेताले १५ लाख पाउनेछन्।

सम्बन्धित सामग्री

नेपाल सुपर लिग : काठमाडौं र ललितपुर दुवै प्ले अफमा

नेपाल सुपर लिग २०२३ को शनिबार भएको अन्तिम लिग खेलमा काठमाडौं रेजर्सले ललितपुर सिटी एफसीलाई १–० ले हराएको छ । डिफेन्डिङ च्याम्पियनका लागि आन्द्रेस निआले पहिलो हाफको इन्ज्युरी समयको दोस्रो मिनेटमा निर्णायक गोल गरे ।

नियाको गोलमा काठमाडौंलाई अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो संस्करणको नेपाल सुपर लिग अन्तर्गत लिग चरणको पहिलो खेलमा काठमाडौं रेजर्सले ललितपुर सिटी एफसी विरुद्ध मध्यान्तर सम्म १-० को अग्रता बनाएको छ । प्लेअफमा आफ्नो स्थान बनाउन आज जित्नै पर्ने दवावमा रहेको काठमाडौंका लागि आन्द्रेस नियाले गोल गरेका हुन् । सुरुवाती समयदेखि निकै आक्रामक देखिएको काठमाडौंले पहिलो हाफको इन्ज्युरी समयमा […] The post नियाको गोलमा काठमाडौंलाई अग्रता first appeared on हाम्रो खेलकुद.

काठमाडौं र धनगढी फाइनलमा : RajdhaniDaily.com -

RajdhaniDaily.com | काठमाडौं । दुई विदेशी खेलाडीले उच्च प्रदर्शनसहित ३ गोल गरेपछि काठमाडौं रेजर्सले ललितपुर सिटी एफसीमाथि ३–० को सहज जित दर्ता गर्दै खुकुरी नेपाल सुपर लिग -

नेपाल सुपर लिग: धनगढी र काठमाडौंबीच उपाधि भिडन्त

बिहीबार भएको क्वालिफायरमा काठमाडौं रेजर्सले ललितपुर सिटीमाथि ३–० को सहज जितका साथ धनगढी एफसीसँगको उपाधि भिडन्त तय गरेको छ।

नेपाल सुपर लिग : ललितपुरमाथि सानदार जित निकाल्दै काठमाडौं फाइनलमा

काठमाडौं : नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज सम्पन्न क्वालिफार्सको खेलमा काठमाडौं रेजर्सले ललितपुर सिटीमाथि सानदार जित निकालेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा काठमाडौंले ललितपुरमाथि ३-० को सानदार जित निकाल्दै फाइनलमा स्थान सुरक्षित गरेको हो। काठमाडौंको जितमा मेसौके ओलोमौले दुई गोल गर्दा स्टेफेन बेनोङले दुई गोल गरे। खेलको १५…

एनएसएल: फाइनल प्रवेशका लागि काठमाडौं र ललितपुर भिड्दै

काठमाडौं: नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज काठमाडौं रेजर्स र ललितपुर सिटी एफसी प्रतिस्पर्धामा उत्रँदैछन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा दुबै टोली फाइनलमा पुग्ने लक्ष्यका साथ मैदानमा उत्रने छन्। खेल साँझ साढे ५ बजे सुरु हुनेछ। काठमाडौं यसअघि लिग चरणमा शीर्षस्थानमा रहँदै प्लेअफमा पुगेको थियो भने ललितपुर तेस्रो स्थानमा रहँदै…

एनएसएलको उद्घाटन खेलमा काठमाडौं र ललितपुर भिड्ने

१० वैशाख, काठमाडौं ।नेपाल सुपर लिग (एनएसएल)को उद्घाटन खेलमा काठमाडौं रेजर्स र ललितपुर सिटी एफसी भिड्दैछन् । खेल शनिबार साँझ ५:३० बजे त्रिपुरेवरस्थित दशरथ रंगशालमा सुरु हुनेछ । विकेश कुथुको कप्तानीमा रहेको काठमाडौं र अन्जन विष्टको कप्तानीमा रहेको ललितपुरबीच खेलसंगै नेपालमा फ्रेन्चाइज फुटबलको नयाँ सुरुवात हुनेछ । तर कोभिड-१९ को बढ्दो संक्रमणका कारण खेल क्लोज […]

नेपाल सुपर लिग : पहिलो खेलमा काठमाडौं र ललितपुर भिड्ने [खेल तालिकासहित]

नेपाल स्पोर्टस म्यानेजमेन्टले वैशाख ११ देखि सुरु हुने फ्रान्चाज फुटबल नेपाल सुपर लिग (एनएसएल) को खेल तालिका सार्वजनिक गरेको छ ।

सुपरलिगको उद्घाटन खेलमा काठमाडौं र ललितपुर भिड्ने

३० चैत काठमाडौं । नेपालमा पहिलो पटक आयोजना हुन लागेको फ्रेन्चाइज लिग फुटबल नेपाल सुपर लिग (एनएसएल)को मिति लम्बिएको छ । आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टले सोमबार खेलतालिका सार्वजनिक गर्दै एनएसएल २०७८ वैशाख ११ …

एनएसएलमा ७ फ्रेन्चाइज टिम

नेपाल समाचारपत्र, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा प्रतिस्पर्धा गर्ने ७ फ्रेन्चाइज टिमहरू आइतबार एक कार्यक्रमबीच सार्वजनिक गरिएको छ ।आयोजक नेपाल स्पोर्टस एन्ड इभेन्ट मेनेजमेन्टले उक्त टिमहरू सार्वजनिक गरेको हो । जसमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेन्जर्स, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, पोखरा थन्डर्स, बुटवल लुम्बिनी एफसी र धनगढी फुटबल क्लब […]