दोहामा मोरक्कोको जर्सीको अत्यधिक खोजी, व्यापारीलाई माग धान्नै गाह्रो

२८ मंसिर, काठमाडौं । कतारमा भइरहेको विश्वकप फुटबलमा उत्कृष्ट प्रदर्शन गर्दै सेमिफाइनलमा आइपुग्दा मोरक्कोको जर्सीको माग अत्यधिक बढेको छ । दोहाका पसलहरुमा मोरक्कोको जर्सीको माग धान्न व्यापारीलाई हम्मे परेको छ । स्पेन, बेल्जियम र पोर्चुगलमाथि अनपेक्षित नतिजा निकाल्दै अफ्रिकी टिम पहिलो पटक सेमिफाइनल प्रवेश गरेको हो । हालसम्म छापिएका जर्सीहरु बिक्री भइसकेका छन् भने अझै […]