रुपन्देही । आसन्न निर्वाचनको सुरक्षा तयारीका लागि लुम्बिनी प्रदेशस्तरीय सुरक्षा गोष्ठी बुटवलमा सुरू भएको छ । गृहमन्त्री बालकृष्ण खाणको प्रमुख आतिथ्यतामा जारी गोष्ठीमा प्रादेशिक चुनावी रणनीतिबारे छलफल हुने बताइएको छ । कार्यक्रममा १२ जिल्लाका सीडीओ, सुरक्षा निकायका प्रमुखहरू सहभागी छन् । उनीहरूले जिल्लाजिल्लाको सुरक्षा अवस्थाबारे रिपोर्टिङ गर्ने प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिए । […]