नीति तथा कार्यक्रम बालुवा चुसेजस्ताे नीरस छ : विष्णु पाैडेल

काठमाण्डाै – नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रमले देशकाे अहिलेकाे समस्याको समाधान गर्न नसक्ने बताउनुभएको छ ।  आज बुधवार न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै उपाध्यक्ष पौडेलले सरकारले प्रस्तुत गरेको आउँदाे वर्षकाे नीति तथा कार्यक्रम इतिहासकै नालायक र सारहीन भएको बताउनुभयो । उहाँले नीति तथा कार्यक्रमले देशकाे आजका समस्याहरू चिन्न नसकेको र समाधान दिन नसकेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘गठबन्धन जस्तो छ, नीति क...