आलाकार्ट प्रणाली लागू गर्ने सरकारको तयारी, विदेशी च्यानलहरूको वदमासी अन्त्य हुने विश्वास

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा प्रसारण गरिने विदेशी स–शुल्क च्यानलहरू हेरेबापत उपभोक्ताले तिर्नु पर्ने शुल्कको सम्बन्धमा आलाकार्ट प्रणाली लागू गर्ने तयारी गरेको छ । यसले थोरै च्यानल हेर्ने नेपाली उपभोक्तालाई धेरै राहत मिल्नुका साथै नेपालमा व्यापार गर्दै आएका विदेशी च्यानलहरुको दादागिरि र ठगी कम हुने विश्वास गरिएको छ । मन्त्रालयले आलाकार्ट प्रणालीका […]

सम्बन्धित सामग्री

आलाकार्ट प्रणाली लागू गर्ने सरकारको तयारी

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा प्रसारण गरिने विदेशी च्यानल हेरेबापत उपभोक्ताले तिर्नुपर्ने शुल्कको सम्बन्धमा आलाकार्ट प्रणाली लागू गर्ने तयारी गरेको छ । यसले थोरै च्यानल हेर्ने नेपाली उपभोक्तालाई राहत मिल्ने र नेपालमा व्यापार गर्दै आएका विदेशी च्यानलका गतिविधिमाथि नियन्त्रण गर्न सकिने मन्त्रालयको विश्वास छ । मन्त्रालयले आलाकार्ट प्रणालीका लागि कानूनी व्यवस्था गर्न प्रक्रिया अघि बढाएको छ । यो प्रणाली लागू हुन ढिलाइ हुँदा विदेशी च्यानलले नेपालका सिग्नल वितरण गर्ने कम्पनीसँग अनावश्यक सम्झौता गर्ने र आफूले भनेअनुसार फाइदा उठाउन नपाए एकपक्षीय रूपमा सम्झौता तोडेर अर्काे कम्पनीसँग सम्झौता गर्दै आएका छन् । विनासूचना टेलिभिजनको सिग्नल बन्द गरिदिने र नेपालका व्यवसायीबीच नै सम्बन्ध बिगार्ने जस्ता काम गर्दै आएको आरोप उनीहरूमाथि लागेको छ । यो प्रणालीबाट नेपाली दर्शकले नहेर्ने र कम हेर्ने च्यानलका लागि पनि बढी शुल्क तिर्नुपर्ने बाध्यता हट्नेछ । पछिल्लो समय केबल टेलिभिजन सेवा प्रदायकको बजार खुम्चिँदै गएको छ । यसबाट सिग्नल वितरण गर्ने कम्पनीलाई समेत बोझ कम हुने र विदेशी स–शुल्क च्यानल प्रदायक र स्वदेशी सिग्नल वितरकसँगकोे भुक्तानीमा  समेत पारदर्शिता आउनेछ ।