खाँदबारी नगरपालिकामा कृषिमेला प्रदर्शनी

संखुवासभा जिल्लाको खाँदबारी नगरपालिकाले कृषकहरूलाई कृषि पेसाप्रति आकर्षित र प्रोत्साहित गर्न कृषि तथा पशु मेला प्रदर्शनीको आयोजना गरेको छ । नगरपालिकाले सोमबार खाँदबारी हाट लाग्ने टुँडिखेलमा मेलाको आयोजना गरेको हो । मेलामा कृषिबाली समूह, जडिबुटी र पशु समूहमा वर्गीकरण गरी प्रदर्शनी गरिएको थियो । कृषितर्फ १० वटा समूह राखिएको थियो । घरेलु हस्तकला, बन पैदावार समूह, आलु तथा जरे बाली समूह, फलफूल तथा बाली समूह, लहरे तथा फल जन्य बाली समूह, दलहन, तेलहन तथा नगदेबाली समूह, पात तथा फूलजन्य तरकारी बाली समूह, खाद्यन्नबाली समूह र बिविध समूह गरी १० समूहमा प्रदर्शनी गरिएको थियो । यस समूहमा ४२ जना कृषकहरूले सहभागीता जनाएका थिए ।

सम्बन्धित सामग्री

बाढीपहिरोबाट क्षति हुन नदिन संखुवासभामा 'नमुना' उद्धार

संखुवासभा : वर्षायाम सुरु भएसँगै बाढी पहिरोबाट बच्ने उपायबारे नमुना अभ्यास प्रदर्शनी (सिम्युलेसन) गरिएको छ। सदरमुकाम खाँदबारी नगरपालिका–१ स्थित टुँडिखेलमा कृत्रिम पहिरो बनाई अभ्यास गरिएको हो।पहिरोबाट बच्ने उपायबारे जनचेतना जगाउने जिल्ला विपद् व्यवस्थापन समितिको आयोजनामा अभ्यास गरिएको हो। बर्सेनी बाढीपहिरो, चट्याङ, आगलागी, दुर्घटना र महामारी लगायतका विपत्ति तथा प्रकोपले पुर्‍याउने जनधनको क्षति न्यूनीकरण गर्न उद्धार टोलीले गर्नुपर्ने कार्य र तयारीबारे प्रदर्शनी गरिएको हो।अभ्यासमा ने