प्रतिनिधिसभा कार्य व्यवस्था परामर्श समितिको बैठक जारी रहेको छ । सभामुख अग्निप्रसाद सापकोटाको सचिवालयले नयाँबानेश्वरस्थित सङ्घीय संसद भवनमा बिहीबार बिहान ११ बजेदेखि बैठक सुरु भएको जनाएको हो ।
पोखरा । गण्डकी प्रदेशसभाले कार्य व्यवस्था परामर्श समिति गठन गरेको छ । प्रदेशसभाको सोमबार बसेको बैठकले १० सदस्यीय कार्य व्यवस्था परामर्श समिति गठन गरेको हो । प्रदेशसभाको बैठकमा पेस हुने विषयहरूको प्राथमिकता तथा समयावधिको निर्धारण लगायत बैठकलाई सुव्यवस्थित ढङ्गले सञ्चालन गर्ने सम्बन्धमा र सभामुखले आवश्यक ठहर्याएको अन्य विषयमा परामर्श दिन सो समिति गठन गरिएको हो […]
हेटौंडा । बागमती प्रदेशसभाले १६ सदस्यीय कार्य व्यवस्था परामर्श समिति गठन गरेको छ । प्रदेशसभाको आइतबार बसेको बैठकले सभामुख भुवनकुमार पाठकको नेतृत्वमा समिति गठन गरेको हो । समितिमा उपसभामुख अप्सरा चापागाईं र प्रदेशको आन्तरिक मामिला तथा कानूनमन्त्री गङ्गानारायण श्रेष्ठ प्रदेश सदस्य रहेका छन् । समितिका अन्य सदस्यहरूमा एमालेबाट आनन्दकुमार श्रेष्ठ, मधुसुदन पौडेल र भारती पाठक, […]
शुक्रबार बस्ने संसद् बैठकमा पनि एमसिसी टेबुल हुन कठिन देखिएको छ । दिउँसो १ बजे बोलाइएको बैठकको सम्भावित कार्यसूचीमा एमसिसी छैन । बैठकअघि ११ बजे सभामुखले कार्य व्यवस्था परामर्श समिति बैठक बोलाएका...
प्रमुख प्रतिपक्ष दल एमालेले लगातार संसद् बैठक अवरोध गरेपछि गण्डकीमा मार्सल लगाएर विनियोजन विधेयक २०७८ (बजेट) पारित गरिएको छ । पटकपटक बसेको कार्य व्यवस्था परामर्श समिति बैठकमा सहमति जुट्न नसकेपछि बजेट पारित गर्न मार्सल परिचालन गरिएको थियो । त्यस क्रममा सांसदले तोडफोडसमेत गरेका थिए ।
वैशाख १५ गते मुख्यमन्त्रीमाथि परेको अविश्वास प्रस्तावमाथि मतदान हुने भनिएको दिन कुनै दलका सांसद हराएको भन्दै सभामुख नेत्रनाथ अधिकारीले अनिश्चितकालका लागि विशेष अधिवेशनको बैठक स्थगित गर्नुभयो । प्रदेशसभा सञ्चालनको नियमावली हुन्छ । त्यही नियमावलीमा टेकेर प्रदेशसभाको बैठक सञ्चालन हुन्छ, कार्यसूची तयार हुन्छ । सबै राजनीतिक दलको प्रतिनिधित्व हुने गरी कार्य व्यवस्था परामर्श समिति बनाइएको छ […]